एन आई सी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५,००० सम्मको छुट  | Khabarhub Khabarhub

एन आई सी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५,००० सम्मको छुट 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एन आई सी एशिया बैंकले अनलाइन खाता खोल्ने ग्राहकलाई ५,००० सम्मको छुटको व्यवस्था गरेको छ

गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले अनलाइन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको हो ।

ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा अनलाइन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एन आई सी एशिया बैंकमार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसका लागि बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको प्रोमो कार्ड वा डिस्काउन्ट लिङ्कमा पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको प्रोमो कार्ड वा डिस्काउन्ट लिङ्क प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सकिने छ । उक्त योजना आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबर्द्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।

यो योजनाबाट लाभ लिनका लागि ग्राहकहरूले यस बैंकको वेबसाइट डब्लु डब्लु डब्लु एन आई सी एशिया बैंक डट कममार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाइन खाता खोल्ने व्यवस्था गरेको छ ।

हाल अनलाइन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाइन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहकलाई मिस्ड कलबाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ ।

उक्त बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक  बनेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ३२ बजे

टीकापुर विमानस्थलमा परीक्षण उडान, तिहारपछि नियमित

जानकी– कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ ।

म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हागलाई

‘एलजी क्यूनेड टिभी’ सार्वजनिक, यस्ता छन् विशेषताहरू

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सको एलजी ब्रान्डले ‘एलजी क्युनेड टिभी’ बजारमा सार्वजनिक

बढ्दो बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरूले गरे ५२ अर्ब बीमा शुल्क आम्दानी

काठमाडौं– नेपालमा बीमा क्षेत्रको व्यवसाय बढेको छ । चालु आर्थिक

नेपाल आएको भारतीय जहाजमा फेरि बमको हल्ला, उड्न लाग्दा रोकेर सर्च गरिँदै

काठमाडौं- भारतीय कम्पनीको एउटा जहाजमा फेरि बम भएको खबरले त्रिभुवन