तस्वीर- अनादोलू एजेन्सी

अन्तर्राष्ट्रिय

कतार र टर्कीद्वारा बम आक्रमणको निन्दा

By खबरहब

April 24, 2022

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणको टर्की र कतारले निन्दा गरेका छन् । ती मुलुकहरुले काबुलका दुई विद्यालयमा भएका बम आक्रमणको निन्दा गरेका हुन् ।

ती मुलुकले विज्ञप्ति जारी गर्दै काबुलको अब्दुल रहिम शहीद उच्च विद्यालय र मुम्ताज विद्यालयमा भएको आक्रमणको निन्दा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘हामी यस्ता अमानवीय आतंककारी आक्रमणको कडा भन्दा कडा शब्दमा निन्दा गर्छौँ ।’ टर्किस विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै अफगानिस्तानको खामाप्रेस समाचार संस्थाले जनाएको छ ।

त्यस्तै, कतारी विदेश मन्त्रालयले पनि सर्वसाधारण माथिको हिंसाको निन्दा गर्दै विद्यालय जस्तो पवित्र स्थानमा आक्रमणको भर्त्सना गरेको जनाएको छ ।