काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालिबारी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा खालीबारी र साँगाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।
साँगाका लागि समन श्रेष्ठले २ गोल गरे भने खालिबारीका लागि दिवस बोहोरा र सुनिल केसीले १–१ गोल गरे । खेलको १२ औँ मिनेटमा समनको गोलले खालीबारीले अग्रता लियो । साँगालाई दोब्बर अग्रता दिलाउन समनले खेलको ६२ औँ मिनेटमा दोस्रो गोल गरे ।
तर, खेलमा सम्हालिन नसक्दा साँगाले २ गोलको क्षतिको सामना गर्नु पर्यो । खेलको ८२ औँ मिनेटमा दिवसले खालिबारीका लागि पहिलो गोल गरे । सुनिलले खालिबारीका लागि ८९ औँ मिनेटमा दोस्रो गोल गरे ।
प्रतिक्रिया