धादिङमा बस र कार ठोक्किए, चार भारतीयसहित पाँच जनाको मृत्यु « Khabarhub

धादिङमा बस र कार ठोक्किए, चार भारतीयसहित पाँच जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको थाक्रेमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

दुर्घटनामा कारका चालक तनहुको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको हो ।

बा. ५ ख ८४४३ नम्बरको बसले बाग्मती प्रदेश ०१–०२६ च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो ।

बसमा सवार एक जना घाइते भएका छन् ।

ओभरट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँंग ठोक्किएको थियो । नेपाल घुम्न आएका उनीहरू पोखराबाट काठमाडौँ फर्किरहेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ०५ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले