कांग्रेस हुम्लाका पूर्वकोषाध्यक्षद्वारा स्वतन्त्र उम्मेदवारी « Khabarhub

कांग्रेस हुम्लाका पूर्वकोषाध्यक्षद्वारा स्वतन्त्र उम्मेदवारी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– स्थानीय तहको निर्वाचनका कांग्रेस हुम्लाका पूर्वकोषाध्यक्ष दीपबहादुर सिंहले उपाध्यक्ष पदका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनभित्र कांग्रेसबाट उनको नाम नपरेपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । सिहं कांग्रेसको छैटौँ जिल्ला अधिवेशनबाट कोषाध्यक्षमा चयन भएका थिए । सिंह थाहा पाएपछि उनले स्वतन्त्रबाट मनोनयन दर्ता गरेको जनाएका छन् ।

पहिलो मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने आठ जनामा सात जताले स्वतन्त्रबाट दर्ता गराएका हुन् । मनोनयन दर्ता गराएकाहरूमा गाउँपालिका उपाध्यक्ष वडाध्यक्ष, सदस्य पदका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।

स्वतन्त्रबाट मनोनयन दर्ता गर्नेमा पार्टीबाट टिकट नपाएपछि रुष्ट रहेका व्यक्तिको संख्या बढेको छ । त्यसैगरी, सिमकोट ६ का जयचन्द्र रोकायाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ।

रोकायाले यसअघि नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष जितेका थिए । सिमकोट गाउँपालिकाकै ७ वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हर्कबहादुर शाहीले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।

सिमकोट गाउँपालिका ७ का दिपी सिंहले पनि वडा अध्यक्षमा आफ्नो मनोनयन दिएका हुन् ।

खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेबाट प्रकाशबहादुर शाहीले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीले बताए ।

खार्पुनाथ गाउँपालिका–५ को अध्यक्षमा केन्द्रराज शाही र सदस्य पदका लागि पनि एमालेको तर्फबाट मनोनयन दर्ता गरिएको सहायक निर्वाचन अधिकृत  शाहीले बताए  ।

हुम्ला जिल्लाको तल्लो भेग ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहले एक जना वडा अध्यक्ष र सदस्य स्वतन्त्र पदका लागि दरखास्त फारम लिए पनि मनोनयन दर्ता भने नभएको बताए ।

हुम्ला जिल्लाका अन्य चार गाउँपालिका नाम्खा, सर्केगार्ड, चङ्खेली र अदानचुली गाउँपालिकामा भने कुनै मनोनयन दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोटले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ३९ बजे

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर