एभरेष्ट बेस क्याम्पमा दीया « Khabarhub

एभरेष्ट बेस क्याम्पमा दीया


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री दीया पुन: सगरमाथा आरोहनको क्रममा बेस क्याम्पमा पुगेकी छन् ।

बेस क्याम्प पुगेपछि दीयाले नेपालको राष्ट्रिय झण्डासँगै आफू अभिनित प्रदर्शनको क्रममा रहेको फिल्म ‘मन्त्र’ को पोस्टरसहित फोटो सार्वजनिक गरेकी छन् ।

वैशाख १६ गतेबाट प्रदर्शमा आउने फिल्मको प्रचारमा आफू उपस्थित हुन् नपाए पश्चात सहयोग पुगोस भन्ने हेतुले तस्बिर सार्वजनिक गरिएको दीयाले बताइन । ‘निकै रमाइलो अनुभूति भइरहेको छ । अब केही दिनमै आफ्नो गन्तव्यमा पुग्नेछु’ दीयाले बताइन् ।

५ हजार ३ सय ४८ मिटरको उचाईमा पुगेकी दीया आफ्नो गन्तव्यमा निरन्तर अगाडि बढिरहेकी छन् । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘मन्त्र’ मा दीयासँगै सौगात मल्ल , बुद्धि तमाङ्गलगायत मुख्य भूमिकामा छन् । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको फिल्ममा हिमाली प्रेम कथा र संस्कृतिलाई देखाइएको छ । गोर्खाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्यहरू फिल्ममा देखिने भएकाले आन्तरिक पर्यटन बढ्नेमा समेत निर्माण पक्ष आशावादी छ । परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ०० बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको