षट्कोणको ‘रहस्य’ सार्वजनिक « Khabarhub

षट्कोणको ‘रहस्य’ सार्वजनिक


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म षट्कोणमा समावेश ‘रहस्य’ बोलको प्रोमोशनल लिरिकल गीत सार्वजनिक गरिएको छ ।

युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् ।

सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार चढावलाई प्रस्तुत गरिएको देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको फिल्ममा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिएका छन् ।

फिल्मलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय सिनेमा हो ।

वैशाख २३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा कार्मसँगै भोलाराज सापकोटाका, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ४७ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच