देश/प्रदेश

अघिल्लो चुनावमा जसबाट हारे, अहिले उसैलाई हराए

By खबरहब

May 24, 2022

सिरहा – सिरहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार श्‍यामकुमार श्रेष्‍ठ ७ हजार ९०८ मत ल्याई विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार देव नाथ साहलाई २ हजार २०७ मतान्तरले पराजित गरेका हुन् । साहले ५ हजार ७०१ मत मात्र पाए ।

श्रेष्ठ यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा साहसँगै पराजित भएका थिए। साहले श्रेष्ठलाई १ हजार ३५४ मतले हराएका थिए ।

उपप्रमुखमा एमालेकै उम्मेदवार मान्‍ती साह ७ हजार ७०३ मत सहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार रेशमकुमारी थापाले ५ हजार ६४३ मत पाइन् । थापा पनि निवर्तमान उपमेयर हुन् ।