मिसन इम्पोसिबलको नयाँ सिरिज दुई भागमा आउने (टिजर)  « Khabarhub

मिसन इम्पोसिबलको नयाँ सिरिज दुई भागमा आउने (टिजर) 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टम क्रुजले विश्वलाई खतराबाट बचाउन गर्ने संघर्षको कथा हेर्ने शृंखला अझै बाँकी छन् । 

जासुसी कथामा टम क्रुजलाई मुख्य भूमिकामा लिएर निर्माण हुँदै आएको मिसन इम्बोसिबलको नयाँ सिरिज ‘डेड रेकोनिङ’ को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ । निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले फिल्मको टिजर सार्वजनिक गर्दै रिलिज कन्फर्म गरेको हो । 

फिल्ममा टमले इथन हन्टको भूमिका निर्वाह गर्दै आएका छन् । छायांकनदेखि नै उनले पहाडमा मोटरसाइकल गुडाएको दृश्य चर्चामा छ । प्यारामाउन्टले दुई शृंखलाको एक साथ सुटिङ सकाएको थियो । त्योमध्ये ‘डेड रेकोनिङ’ को पहिलो भागको टिजर सार्वजनिक गरिएको हो । यसलाई सन् २०२३ मा रिलिज गर्ने तयारी निर्माण कम्पनीले गरेको छ ।  यो फिल्म सन् २०२३ को जुलाई १४ मा प्रदर्शन गर्ने घोषणा गरेका छन् । निर्देशन क्रिस्टोफर म्याक्वेरीले गरिरहेका छन् । यसअघि, उनले ‘मिसन स् इम्पोसिबल रोग नेसन’ र ‘फलआउट’ निर्देशन गरिसकेका छन् । 

फिल्ममा टम क्रुजको साथमा हेनरी केविल, साइमन पेग, रेबेका फग्र्युसन, विंग रेम्स, शन हेरिस, वेस बेटले तथा फ्रेजरिक शमिटको अभिनय देख्न सकिन्छ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : २५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती