युद्ध अपराधका दोषी रुसी सैनिकलाई युक्रेनमा आजीवन कारावासको सजाय | Khabarhub Khabarhub

युद्ध अपराधका दोषी रुसी सैनिकलाई युक्रेनमा आजीवन कारावासको सजाय


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा एकजना रुसी सैनिकलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको छ । राजधानी किभमा रहेको अदालतले पक्राउ परेका रुसी सैनिक सार्जेन्ट भादिम सिसिमारिनलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाएको हो ।

उनीमाथि गत फेब्रुअरी २८ मा चुपाखिभ्का गाउँमा ६२ वर्षे ओलेक्साण्डर शेलिपोभको हत्या गरी युद्ध अपराध गरेको अभियोग लागेको थियो । उक्त अभियोगमा दोषी ठहर गर्दै अदालतले आजीवन कारावासको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

सिसिमरिनले आफूले हत्या गरेको स्वीकार गरेपनि आफूलाई कसैले हत्या गर्न निर्देशन दिएको बयान दिएका थिए । साथै उनले हत्या गरिएका शेलिपोभकी विधवासँग पनि माफी मागेको जनाइएको छ ।

उनका वकिलले छोटो सजायका लागि पुनरावेदन गर्ने जनाएका छन् ।

युक्रेनले रुसी सैनिकलाई युद्ध अपराधमा दोषी ठहर गरी सजाय सुनाएको यो पहिलो घटना हो । यस घटनाले युक्रेनमा जारी रुसी आक्रमणमा न्यायिक नजीर स्थापना गर्न सक्ने बीबीसीले जनाएको छ ।

रुसले आफ्ना सैनिकले युक्रेनमा कुनै पनि युद्ध अपराधमा संलग्न नरहेको बताउँदै आएको छ । तर, बीबीसीका अनुसार युक्रेनी पक्षले भने ११ हजार भन्दा धेरै अपराधहरू भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै

न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव

काठमाडौं– न्याय परिषदमा रिक्त सदस्य पदका लागि चाँडो नाम पठाउन

निजी लगानीलाई वृद्धि गर्न आवश्यक : अर्थमन्त्री 

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी

पर्साका दुई न्यायाधीशलाई वर्षोत्कृष्ठ सम्मान

काठमाडौं– न्यायपरिषदले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ न्यायाधीशको सम्मान

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा