बारामा मतगणना सकियो, कसले कहाँ जिते ? | Khabarhub Khabarhub

बारामा मतगणना सकियो, कसले कहाँ जिते ?


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराका सबै १६ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले पाँच, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ । 

बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विनोद प्रसाद साह २४ हजार १ ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् ।

बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन् । यस्तै परवानीपुर गाउँपालिकामा एमालेका  रामक्षत्रीप्रसाद कुर्मीले २ हजार ९१७ र प्रसौनी गाउँपालिका एमालेकै विनोदप्रसाद जैसवालले ४ हजार ४८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन ।

२०७४ मा संघीय समाजवादी फोरम, नेपालले पचरौतामा जित हासिल गरेको थियो । यस्तै २०७४ को निर्वाचनमा दुई पालिकामा मात्रै जित हासिल गरेको एमालेले बारामा यो पटक पाँच पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवीजीतपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।  

कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका रामप्रसाद चौधरीले ९ हजार १०५ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसकै राजेशप्रसाद यादवले ५ हजार ३५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन् । महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका छन ।

आदर्श कोत्वाल गाउँपालिकामा समेत कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । उनले ४ हजार ८७ मत प्राप्त गरी विजयी भएका हुन । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले यो पटक चार पालिकामा जित हासिल गरेको हो । यसअघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालिसहित निजगढ, सिम्रौनगढ, बारागढी र करैयामाई भने गुमाएको छ ।

जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदयप्रसाद यादवले ४ हजार १७६ मत र करैयामाई गाउँपालिकामा शम्भुप्रसाद यादवले ५ हजार ५९८ मतले विजयी हासिल गरेका छन् । यसअघि करैयामाईमा नेपाली कांग्रेसले र देवतालमा राष्ट्रिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । 

विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अलि भुटोले ४ हजार ३१७ मत र सिम्रौनगढ नगरपालिकामा किशोरीप्रसाद कलवारले ११ हजार १३७ मत सहित विजयी भएका छन् ।

बारागढी गाउँपालिकामा समेत लोसपाले चुनाव जितेको छ । पालिका अध्यक्षमा लोसपाका अशोककुमार जयसवालले ५ हजार ४२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राजन पौडेलले १८ हजार ७४३ मतसहित जित हात पारेका छन् । उनको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन । 

बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४८५ प्राप्त गरी विजयी भएका हुन् । अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रवेश गरी निर्वाचनमा होमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।  जिल्लाको १६ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ५ : २४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन ६ गते मंगलबार। साउन

आज २०८२ साल साउन ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ६ गते मंगलबार। साउन

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका