छायाँनाथका नगरप्रमुख भामले गरे सम्पत्ति सार्वजनिक « Khabarhub

छायाँनाथका नगरप्रमुख भामले गरे सम्पत्ति सार्वजनिक


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलबार आयोजित कार्यक्रममा उनले सम्पत्ति सार्वजानिक गरेका हुन् । जसअनुसार उनीसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख बैक ब्यालेन्स र नगद मौज्दात १६ लाख रहेको बताए । यस्तै केही ठाउँमा जग्गा समेत रहेको उल्लेख गरे ।

मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविसमा कित्ता नम्बर ५ को ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ को ४५५८ वर्गमिटर  र सुर्खेतको साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको नगर प्रमुख भामले बताए । 

छायाँनाथ रारा नगरपालिका-४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको बताए । यस्तै गमगढी बजारमा आठ कोठाको घर पनि आमाकै नाममा रहेको उल्लेख गरे । गमगढी बजारमा रहेको ६ कोठाको घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जको तीन तले घर आमा लालकली भामको नाममा रहको बताए ।

नगर प्रमुख भामले यि सम्पत्तिमा आफ्नो कुनै हक दावी नलाग्ने बताए । प्राय: जग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको बताए । उनी यो सबै सम्पत्ति पुर्ख्यौली भएको पनि उल्लेख गरे । मेयर भामले गरेको सार्वजानिक सम्पत्ति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ८० धार्नी, काँसका भाँडाकुँडा ५२ केजी, अन्य सानातिना सामानहरू सय थान र लिउ, गलैँचा समेतका लत्ता कपडा आवश्यकता अनुसार रहेको बताए । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ५ : २५ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना