सक्रियतापूर्वक भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन « Khabarhub

सक्रियतापूर्वक भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका साथ रचनात्मक तवरले भाग लिन सांसदलाई निर्देशन दिए ।

अध्यक्ष दाहालले आगामी आवको नीति तथा कार्यक्रमले लिन लागेको नीति र लक्ष्यका बारेमा सांसदलाई जानकारी गराएका थिए । बैठकमा अध्यक्ष दाहालले दिएको निर्देशन उद्धृत गर्दै संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सक्रियताका साथ छलफल प्रक्रियामा भाग लिन र विषय वस्तुको गम्भीरतालाई बुझेर काम गर्न सांसदलाई निर्देशन दिएका थिए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले  सांसदले दिएको सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी गराएका थिए । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : ५१ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।