आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ  « Khabarhub

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदी रहेका छन् । उनले ४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले जनाएको छ । हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तालाई शनिबार दिउँसो सौगातले धारिलो हतियारले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सौगातलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : ०९ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।