रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु, तीन घाइते « Khabarhub

रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु, तीन घाइते


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । 

सदरमुकाम लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी अटो चालक रोल्पा–२ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । 

घाइते रोल्पा–७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको बायाँ हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने ५२ वर्षीय जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने ४७ वर्षीय सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : २६ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।