टिकट बिक्री नभएपछि स्थगित भयो सलमानको शो  | Khabarhub Khabarhub

टिकट बिक्री नभएपछि स्थगित भयो सलमानको शो 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । अघिल्लो पटक झैँ यसपटक पनि अन्तिम समयमा विभिन्न बहाना बनाउँदै कार्यक्रम स्थगित गरिएको हो ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र बर्सातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

‘द ब्याङ रिलोडेड टुर’ यस अघि पनि गर्ने भनिएता पनि स्थगित हुँदै आइरहेको छ । टिकट सोचेअनुसारै नहुनु नै कार्यक्रम सार्ने कारण भएको कार्यक्रमसँग जोडिएको सदस्यले बताएका छन् । 

आयोजकले ज्याकलिन फर्नान्डेजलाई पनि कार्यक्रम रद्द गर्नुपर्ने कारणको रुपमा व्याख्या गरेको छ । केही दिनअघि उनले नेपाल आउन अनुमति दिन गरेको आग्रह अदालतले खारेज गरिदिएको थियो । नेपालमा भने ज्याकलिनको फोटो राखेर टिकट बिक्री गरिएकाले भोलि यसमा मुद्दा पर्ने सम्भावनाका कारण पनि आयोजकले कार्यक्रम सार्न चाहेको स्रोतले बतायो । 

टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ४१ बजे

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र