कश्मीरका ग्रामीण महिलाहरू आत्मनिर्भर बन्दै « Khabarhub

कश्मीरका ग्रामीण महिलाहरू आत्मनिर्भर बन्दै


१० जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कश्मीरका ग्रामीण महिलाहरू आत्मनिर्भर हुन थालेका छन् । भारतीय सेनाले स्थापना गरेका स्वावलम्बी समूहहरूसँगको सहकार्यमा कश्मीरका ग्रामीण महिलाहरूले आय आर्जनको बाटो खोजेका हुन् ।

भारतीय समाचार संस्था वायोअनका अनुसार मध्य कश्मीरको गन्देरबाल जिल्लाको गुन्द गाउँमा झण्डै दुई दर्जन महिलाहरू भारतीय सेनाले स्थापना गरेको ‘सोनामार्ग फुड्स’ नामक स्वावलम्बी समूहसँग आबद्ध भएर आय आर्जनको बाटो निकालेका हुन् ।

यस समूहले अचार, जामजस्ता खानेकुराको उत्पादन गर्ने र यसलाई भारतभर बिक्री गर्दै आएका छन् ।

उनीहरुले स्थानीय स्तरमै उपलब्ध हुने स्याउ र अन्य फलफूल तथा तरकारीको प्रयोग गरी आफ्ना सामानको उत्पादन गर्ने गरेको जनाइएको छ ।

भारतीय सेनाले उक्त समूहको गठन गर्न तथा उनीहरुको उत्पादनको बजारीकरण गर्न सहयोग गरेको समूहकी सदस्य निगात तबसुमले वायोअनलाई बताइन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ०७ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा