बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते « Khabarhub

बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा सख्त घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ । बसको

ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको हो ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना४ख ८४४५ नंको बसले विपरीत दिशामा गुडिरहेको ग२०प ६३३६ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

बसको ठक्करबाट सख्त घाइते स्कुटर चालक सोही ठाउँ निवासी २० वर्षीय सुसिर थापालाई पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सवारी दुर्घटनामा परी मृत्यु भएकी महिला घाइते सुसिरकी आमा भएको प्रहरीले जनाएको छ । सो बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : ०९ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल