नवराज स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च’ « Khabarhub

नवराज स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च’


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको सदरमुकाम गमगढी बजारमा नवराज विक सहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘गमगढी प्रतिरोध मार्च गरिएको छ ।

दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य २ वर्ष बितिसक्दा पनि बाहिर ल्याउन नसकेको , अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय  सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त रुपमा गमगढी प्रतिरोध मार्च गरेका हुन् ।

जेठ १० गते अर्थात आज रुकुम नरसंहारको दुई वर्ष पूरा भएको छ ।  त्यही दिनको सम्झनामा प्रतिरोध स्वरुप नागरिक आन्दोलन सहित यहका दलित अधिकारकर्मी , नागरिक अगुवाहरूले सदरमुकाम गमगढी बजारमा बिरोध र्याली गर्दे प्रतिरोध मार्च गरेका हुन् ।

रुकुम घटनाका पीडितले अझै पनि न्याय पाएका छैनन् । बरू राज्य प्रशासन नै  घटनालाई तोडमोड गरी भवितव्य घटनाका रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको छ । घटनामा आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने  २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अदालतले घटनाबारे अन्तिम फैसला सुनाएको छैन । पीडित परिवारले न्याय पाउनेमा आशंका उत्पन्न भइरहेका  बेला सरकार, राजनीतिक दललगायत सम्बन्धित वर्गलाई खबरदारी गर्न प्रतिरोध मार्च गर्न लागिएको दलित अधिकारकर्मी बिष्णुमाया परियारले बताइन् ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्णु कुमार भामले दलित समुदायका लागि आफं कटिबद्ध रुपमा लागेको बताए । साथै नगरपालिका बाट ५ वर्षको अवधिमा दशै तिहार जस्ता पर्वहरुमा आर्थिक अवस्था न्युन भएका नगरका दलित लाई चाडपर्व खर्च वापत प्रत्येक दलित लाई ५।५ हजारका दरले प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा र रुकुम पश्चिम सोतीकी एक गैरदलित किशोरीबीच प्रेम सम्बन्ध थियो ।

ती किशोरीलाई भगाएर विहे गर्न गएका नवराज र उनका साथीहरूलाई २०७७ जेठ १० गते साँझ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका गैरदलित समुदायको भीडले हत्या गरेको थियो ।

घटनामा परी नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो भने घटनामा नवराजका १२ जना साथी घाइते भएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १० : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन