ओलीलाई नेपालको व्यङ्ग्य: रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिए तर केही आएन « Khabarhub

ओलीलाई नेपालको व्यङ्ग्य: रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिए तर केही आएन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् ।

मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरु जन्मिएको बताएका हुन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई इङकित गर्दै रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिएको बताएका हुन् ।

‘जनताले के के न आउला भनेर आश गरे तर केही पनि आएन’ उनले भने ।

उनले हेटौंडाको मेयरमा निर्वाचित मीना कुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाका मेयरहरुले गरेका राम्रा कामहरुलाई आत्मसाथ गर्दै काम गर्न आग्रह गरेका छन् ।

‘जनता र नेताको सम्बन्ध भनेको नङ र मासु जस्तै हो,’ उनले भने ‘जनतासँगको सम्बन्धलाई बलियो बनाउनुस्, ।’ उनले आउँदो मंसिरभित्र नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।

आठ महिनाको छोटो अवधीमा यो उपलब्धी पार्टीको सानो उपलब्धी नभएको बताएका छन् ।

‘शक्ति र संगठनलाई निर्माण गर्नुपर्दछ, असल गुण भएकाहरुलाई सम्मान गर्नुपर्दछ, उनले भने ‘हामीले असल मानिसहरुको खोजी गरिरहेका छौं, युवा पिढी खोजीरहेका छौं ।’

उनले आफ्ना कार्यकताहरुलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तै बन्न आग्रह समेत गरेका छन् । असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए ।

‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग बिना नै हाम्रो सिंगो प्यानल विजयी भएको छ,’ उनले भने ‘गठबन्धनको प्रत्येक घटकहरुले चुनावमा भाग लिएका थिए तर सबैले आ–आफ्नो हैसियत मत परिणाममा देखेका छन् ।’

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १० : ५७ बजे

सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा ख्याल गर्न प्राधिकरणको आग्रह

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु