बेपत्ता विमान खोज्न गएको सेनाको टोली कोवाङ फर्क्यो « Khabarhub

बेपत्ता विमान खोज्न गएको सेनाको टोली कोवाङ फर्क्यो


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तारा एअरको विमान दुर्घटना भएको आशंका गरिएको स्थान लार्जुङबाट सेनाको टोली फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको सेनाको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै दुर्घटनास्थल यकिन हुन सकेको छैन ।

लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् ।

‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको टुविन अटरएनएईटी विमान अन्तिमपटक जोमसोम टावसरँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । त्यसपछि विमान बेपत्ता छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार विमानको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : २५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले