रामबाबुको फिल्ममा विपिन  « Khabarhub

रामबाबुको फिल्ममा विपिन 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक रामबाबु गुरुङ कबड्डी सिरिज भन्दा बाहिर फिल्म निर्देशन गर्ने तयारीमा छन् । ‘कबड्डी ४ : द फाइनल म्याच’ मा भनिए जस्तो उनी अब ‘बमकाजी’ निर्देशन गर्ने तयारीमा छैनन् । उनी विपिन कार्कीलाई लिएर नयाँ फिल्म गर्ने तयारीमा छन् । बिहीबार विपिनले फेसबुकमा स्टोरी राख्दै रामबाबु गुरुङसँग काम गर्न लागेको संकेत गरेका थिए । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ ।

इलामको सेटिङमा सुटिङ हुने फिल्म विपिनको बलिउड फिल्म ‘एनिमल’ को सुटिङ सकिएपछि हुनेछ । विपिन ‘एनिमल’ को सुटिङका लागि आउँदो जुलाई महिनामा मुम्बई प्रस्थान गर्दैछन् । विपिनका अनुसार मुम्बईमा उनलाई निर्माता ५८ दिनको समय माग गरेका छन् । विपिनले भर्खरै मात्र ‘के घर के डेरा’ को सुटिङ सकाएका छन् ।

मुम्बई जानु अगाडि विपिन प्रसादको सिकेल ‘प्रसाद २’ को छायांकनमा व्यस्त हुनेछन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ०९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको