जेठ महिनामा मात्रै ६२ हजारभन्दा बढीले लिए विदेश जान श्रम स्वीकृति « Khabarhub

जेठ महिनामा मात्रै ६२ हजारभन्दा बढीले लिए विदेश जान श्रम स्वीकृति


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभागले गएको जेठ महिनामा ६२ हजार ३४९ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

विभागले उनीहरुलाई २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा श्रम स्वीकृति प्रदान गरेको हो । श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ ।

सबैभन्दा बढीले जेठ महिनामा कतार जानको लागि श्रम स्वीकृति लिएका छन् । पछिल्लो महिना कतार जान १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड अरब इमिरेट्स (युएई) जान ११ हजार १६७, मलेसिया जान ९ हजार ६४९, कुवेत जान ५ हजार ७३५, बेलायत जान १ हजार १६६, रोमानिया जान १ हजार ५७८, जापान जान १ हजार ७४ र बहराइन जान ९९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : २७ बजे

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको