भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख | Khabarhub Khabarhub

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौँ नगर सभाको बैठकमा उपप्रमुख रजनी जोशीले  अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी उक्त रकम बराबरको बजेट प्रस्तुत गरेको हो ।

विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ । बजेट वक्तव्यमा १०० शय्याको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल सञ्चालन गर्न आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै देको-मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैया, अँचापोखरी परिसरमा आदर निकेतन सञ्चालन गर्न ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणका लागि एक करोड रुपैयाँ, महेश्वरी खेलमैदानको लागि एक करोड, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न तीन करोड रुपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न ६ करोड एक लाख विनियोजन गरेको छ ।

बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी तीन करोड, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न ५० लाख, नगर बासीलाई खानेपानी सुविधा उपलब्ध गराउन एक करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋणतर्फ एक करोड बजेट विनियोजन गरेको छ ।

क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्क घात तथा मेरुदण्ड पक्षाघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घ रोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन ४० लाख विनियोजन गरेको छ भने क्यान्सर, मिर्गौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरूलाई मासिक पाँच हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाका लागि ९० लाख विनियोजन गरेको छ ।

बजेट वक्तव्यमा लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न एक करोड, वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न ४० लाख रुपैयाँ, थंथु दरबार पुनः निर्माण, सांस्कृतिक सङ्ग्रहालय निर्माण, कोसेली घरलगायत वडा वडाका सम्पदाहरू पुनः निर्माण र संरक्षणका लागि ६ करोड बजेट विनियोजन गरेको छ ।

चिकित्सा शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्रलगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययनरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्दे दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा शास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरूको लागि विशेष व्यवस्था गरेको छ ।

पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने ख्वप: टेलिभिजन सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट वक्तव्यमा विनियोजन गरेको छ ।

पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्यलगायतका लागि ७० लाख विनियोजन गरेको छ भने नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरूको कार्य मूल्यांकन गरी थप पारिश्रमिकको बन्दोबस्त गरेको छ ।

विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ  २.११ प्रतिशत विनियोजन गरेको छ ।

त्यस्तै युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपैया, कृषि औजार एवं बीऊ विजनका लागि कृषि क्षेत्रमा दुई करोड सात लाख रुपैया र प्रशासनिक व्यवस्थापनका लागि ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : ४८ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको