अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनी रक्षामन्त्रीको भनाइ « Khabarhub

अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनी रक्षामन्त्रीको भनाइ


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले प्रदान गरेको लामो दूरीसम्म मार हान्न सक्ने तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनका एकजना मन्त्रीले बताएका छन् ।

युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको जानकारी दिएका हुन् ।

युक्रेनसम्म आइपुगेका नयाँ अमेरिकी तोपखाना प्रणालीमा ‘हाई मोबिलिटी, आर्टिलरी रकेट सिस्टम (हाइमार्स) समावेश रहेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘मेरा अमेरिकी सहकर्मी र साथी रक्षामन्त्री लोइड अस्टिनलाई यी शक्तिशाली औजारहरुका लागि धन्यवाद रुसी अतिक्रमणकारीका लागि यो गर्मी निकै तातो हुनेछ र केहीका लागि यो नै अन्तिम (गर्मी हुनेछ)’ युक्रेनी रक्षामन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनी रक्षामन्त्रीले अमेरिकी हतियार युक्रेनसम्म आइपुगेको बताएपनि कति परिमाणमा हतियार आइपुगे भन्नेबारे केही खुलाएका छैनन् ।

युक्रेनले लामो समयदेखि पश्चिमा मुलुकहरुसमक्ष लामो दूरीको एवम् शक्तिशाली तोपखाना प्रणालीको माग गर्दै आएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : १० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६