नेप्से परिसूचक १३.७८ अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक १३.७८ अङ्कले बढ्यो


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

कारोबार मापक नेप्से परिसूचक १३.७८ अङ्कले उकालो लागेर एक हजार ८६२.०६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८१ अङ्कले उकालो लागेर ३६४.९० मा पुगेको छ । कूल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर रु एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ मूल्यमा कारोबार भयो ।

शेयर कारोबार हुने साताको अन्तिम दिन अर्थात् शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख ९० हजार बराबर छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा गिरावट आएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैङ्किङ २.३७, व्यापार ३.३२, होटेल तथा पर्यटन २६.०४, विकास बैंक ५७.०४, जलविद्युत् २४.०५, वित्त २४.९२, निर्जीवन बीमा १२८.९३, उत्पादन २९.६२, अन्य १२.०८, लघुवित्त ३१.७७, जीवन बीमा १३१.४६, लगानी ०.२६ अङ्कले उकालो लाग्दा सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा कुमारी बैंक आज पनि शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ६३ लाख १२ हजार ३४७ बराबरको कारोबार भयो । त्यस्तै, न्यादी ग्रुप पावर रु छ करोड ३१ लाख ५९ हजार २०९, लक्ष्मी बैंक रु चार करोड ७६ लाख ९३ हजार १८४, हिमालयन डिस्टिलरी रु तीन करोड ४८ लाख ५९ हजार २१४ र नागरिक लगानी कोष रु तीन करोड सात लाख ७८ हजार ९८९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार न्यादी ग्रुप अफ पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ८.२१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.८९, राधी विद्युत्् कम्पनी ७.७१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए । यस्तै, आँधीखोला लघुवित्त ७.८८, मेगा म्युचुअल फण्ड एक ६.९२, माहुली लघुवित्त ६.८०, घलेम्दी हाइड्रो ५.०४ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ४३ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार