‘ए मेरो हजुर’ मा पुष्पसँग रोमान्टिक श्रद्धा (भिडियो)  « Khabarhub

‘ए मेरो हजुर’ मा पुष्पसँग रोमान्टिक श्रद्धा (भिडियो) 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘कृष्ण लीला’ मा समावेश ए मेरो हजुर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका लिड क्यारेक्टर पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । फिल्ममा यी दुईले कृष्ण र लीलाको भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेममा आउने उतारचढाव नै फिल्मको केन्द्रीय द्वन्द्व हो । सार्वजनिक गीतमा रवि ओड र सुनिता कार्कीको स्वर रहेको छ । यसमा संगीत बाबुल गिरीको रहेको छ भने शब्द डाक्टर धर्मराज उपाध्यायले कोरेका हुन् । म्युजिक भिडियोको रुपमा छायांकन गरिएको गीतलाई फिल्मसँग मिल्ने भएकाले समावेश गरिएको हो । 

गीतमा माइकल चन्दको कोरियाग्राफी रहेको छ । फिल्ममा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीको पनि अभिनय रहेको छ ।दीपक वली निर्देशित फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको गीत सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी , निर्देशक नवल नेपाल , कलाकार भोलाराज सापकोटा , निर्देशक नरेश पौडेल , वितरक गोपाल काजी कायस्थ , निर्मात्री शर्मिला पाण्डे , निर्मात्री पुनम गौतम , निर्देशक प्रदीप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ५७ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६