प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव | Khabarhub Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ ।

आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको शुक्रबार बसेको नगर सभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आयोगले निर्वाचनका लागि दुवै विकल्प प्रस्ताव गरे ।

उनका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।

स्थानीय तहको निर्वाचन गत वैशाखमा सम्पन्न गरेको सरकारले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ५७ बजे

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

जापान– जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट

फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव

काठमाडौं– सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दश जनशक्ति

आगलागीमा जलेर दुई जनाको मृत्यु

अछाम–  मेल्लेख गाउँपालिका-६ सोडषा बस्ने खम्म बोहराको घरमा सोमबार बिहान आगलागी हुँदा

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा

बसको ढोकाबाट खसेर एक जनाकाे मृत्यु

स्याङ्जा– वालिङ नगरपालिका-१३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१