दुई कालखण्डको प्रेमलाई प्रस्तुत गर्ने ‘माथि माथि आकाशमा’ (भिडियो)  | Khabarhub Khabarhub

दुई कालखण्डको प्रेमलाई प्रस्तुत गर्ने ‘माथि माथि आकाशमा’ (भिडियो) 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म  ‘प्रेमगन्ज’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । परिच्छेद सेनको डेब्यु निर्देशन रहेको  ‘प्रेमगन्ज’ को शीर्ष गीत  ‘माथि माथि आकाशमा’ मा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाल फिचर्ड छन् । दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गर्ने फिल्ममा तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशनसुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् ।  कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै निर्देशक परिच्छेद भन्छ्न् ‘फिल्मको टर्निङ पोइन्ट त्यही नै हो र  सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’ टिनएजदेखि युवाअवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियाग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् । 

सार्वजनिक गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन । फिल्म भदौ ३ मा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : २७ बजे

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट