दुई कालखण्डको प्रेमलाई प्रस्तुत गर्ने ‘माथि माथि आकाशमा’ (भिडियो)  « Khabarhub

दुई कालखण्डको प्रेमलाई प्रस्तुत गर्ने ‘माथि माथि आकाशमा’ (भिडियो) 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म  ‘प्रेमगन्ज’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । परिच्छेद सेनको डेब्यु निर्देशन रहेको  ‘प्रेमगन्ज’ को शीर्ष गीत  ‘माथि माथि आकाशमा’ मा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाल फिचर्ड छन् । दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गर्ने फिल्ममा तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशनसुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् ।  कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै निर्देशक परिच्छेद भन्छ्न् ‘फिल्मको टर्निङ पोइन्ट त्यही नै हो र  सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’ टिनएजदेखि युवाअवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियाग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् । 

सार्वजनिक गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन । फिल्म भदौ ३ मा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : २७ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६