मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन हुँदैन : खतिवडा « Khabarhub

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन हुँदैन : खतिवडा


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री हेरफेरमा असन्तुष्टि जनाउँदै केही नेताले पार्टी अध्यक्षलाई पत्र बुझाए पनि पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन्।

उनले शनिबार बस्ने बैठकमा यस विषयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले थप प्रस्ट पार्ने र मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय परिवर्तन नहुने बताए। मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नभ्याएको जानकारी गराएकाले सपथ हुन नसकेको उनको भनाइ छ ।

बैठकमा पार्टी अध्यक्ष नेपालले अबको निर्वाचनमा गठबन्धनबिच औचित्यका आधारमा मात्रै तालमेल हुने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिएका प्रवक्ता खतिवडाले बताए। उनले बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र परिमार्जनसहित केन्द्रीय कमिटीमा पेस गर्ने जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने र पार्टीको आगामी कार्यदिशाका बारेमा छलफल हुने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ११ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६