जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् । कामपाको ११ औँ नगरसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी नयाँ ढङ्गले काम गर्नेमा आफू ढुक्क रहेको बताए।

काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदाको प्रतीक रहेकाले त्यसको संरक्षणमा अभिभावकत्व गर्नु कामपाको दायित्व भएको उल्लेख गर्दै उनले भने, “देशको ठूलो र मुख्य कामपा रहेकाले अन्य स्थानीय तहलाई प्रेरणा मिल्ने गरी काम गर्नुपर्छ ।” युवा जोशले मात्र विकास नहुने भन्दै उनले जोशमा होस पुर्याएर समय सुहाउँदो र आवश्यकतानुसार जनतासँग सरोकार राख्ने विकासका काम गर्न मन्त्री श्रेष्ठले नगरसभाका सबै सदस्यलाई आग्रह गरे।

कामपा उपप्रमुख सुनीता डङ्गोलले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब बढीको बजेट प्रस्तुत गरेकी थिइन् । आज प्रस्तुत भएको बजेट माथि यही असार १७ गते शुक्रबार छलफल हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ३० बजे

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट