राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्वारा उद्घाटन « Khabarhub

राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्वारा उद्घाटन


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गरेका छन् ।

तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह गरे। प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री अथकले उत्कृष्ट प्रदशर्नकालागि सम्पूर्ण खेलाडीहरूलाई शुभकामना समेत दिए।

नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ५६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु