बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न « Khabarhub

 बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ । वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले वि.सं. २०६६ सालमा बिमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औसत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको सन्दर्भमा बिमितको मृत्युदर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको औंल्याए ।

अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बिमितको हितको रक्षा गर्न समेत यस किसिमका अध्ययन आवश्यक रहेको उल्लेख गर्दै बिमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरुलाई अद्यावधिक गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली बिमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए ।

जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले बीमा समितिले बिमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बीमाशुल्क निर्धारणका साथै समग्र जीवन बीमा व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । बीमा समितिका परामर्शदाता बीमाङ्की प्रेक्षा माथेमाले बिमितको मृत्युदर अनुसन्धान संयन्त्र र बीमाङ्की विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरू रुस्तम लवाजुले विभिन्न देशका बिमितको मृत्युदर तालिका तथा मुलुक पौडेल र सागर निरौलाले बिमितको मृत्युदर तालिकाका लागि आवश्यक तथ्याङ्क सम्बन्धी विषयमा प्रस्तुती गरेका थिए  ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समितिका उपनिर्देशक निर्मल अधिकारीले गरेका थिए  । कार्यक्रममा जीवन बीमक संघका पदाधिकारी, जीवन बीमा कम्पनीका सूचना प्रविधि विभाग तथा बीमाङ्की मूल्याङ्कन शाखाका कर्मचारी र बीमा समितिको बीमालेख शाखामा कार्यरत कर्मचारीहरुको  सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ०७ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६