रुसी ग्यासको आपूर्ति घटेपछि जर्मन अर्थमन्त्रीद्वारा ‘कठिन सामाजिक अवस्था’ आउनसक्ने चेतावनी « Khabarhub

रुसी ग्यासको आपूर्ति घटेपछि जर्मन अर्थमन्त्रीद्वारा ‘कठिन सामाजिक अवस्था’ आउनसक्ने चेतावनी


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यास अभावको स्थितिमा ‘कठिन समाजिक अवस्था’ को सामना गर्नुपर्ने एकजना जर्मन मन्त्रीले चेतावनी दिएका छन् ।

अर्थमन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भने, ‘पर्याप्त ग्याँस नहुँदा ग्याँसको आवश्यकता पर्ने कुनै–कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ ।’

हाबेकले रूसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्याँस योजना अन्तर्गत सतर्कता स्तर बढाएका थिए । गत हप्ता रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पाइपलाइन मर्मतमा ढिलो भएको प्राविधिक कारण देखाउँदै नोर्ड स्ट्रीम पाइपलाइनमार्फत् जर्मनी आपूर्ति गरिने ग्यासको ६० प्रतिशतले कटौति गरेको थियो ।

यद्यपि जर्मनीले ग्यास कम्पनीको प्राविधिक समस्या आपूर्ति कटौति गर्नुको कारण नभएको बताएको छ । मस्कोको आक्रमणपछि युक्रेनका लागि पश्चिमको समर्थनको प्रतिकारका कारण यो निर्णयको पछाडि ‘राजनीतिक’ उद्देश्य देखिएको जर्मनीको दाबी छ ।

आपूर्तिमा कटौतीले जर्मनीलाई पहिले कहिल्यै नभएको स्थितिमा पुर्‍याएको हाबेकले बताए । जर्मनी उद्योग र नागरिक दुबै आफ्नो आवश्यकता पूरा गर्न ऊर्जा आयातमा निर्भर छन् ।

पर्याप्त ग्याँस नभए जर्मनीले ‘कठिन समाजिक निर्णय’ गर्नुपर्ने हाबेकले बताए । ‘निर्णय राम्रो त छैन नै कम गलत निर्णयहरू पनि गरिएका छैनन् ।’ यसबाट केही क्षेत्रहरूको परिणाम ‘भयानक’ हुनसक्ने र यसले ‘लामो समयसम्म’ प्रभाव पार्नसक्ने उनले बताए ।

जर्मनीले डिसेम्बरसम्ममा आफ्नो ग्याँस भण्डारण केन्द्रहरूलाई ९० प्रतिशत भर्ने गरी निर्देशन दिएको छ । तर हाबेकको मन्त्रालयले प्रस्तुत गरेको अनुमानअनुसार ग्यासको प्रवाहमा लक्ष्य पूरा हुने सम्भावना कम छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : २६ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६