ललितपुर महानगरले २९ पार्क निर्माण गर्ने « Khabarhub

ललितपुर महानगरले २९ पार्क निर्माण गर्ने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको थियो ।

फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर सङ्कलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ ।

फोहरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अध्ययन गरिने उल्लेख छ । साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ ।

कालोपत्र भएको सडक दुई वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पु¥याइने महानगरको कार्यक्रममा उल्लेख छ । आगामी आवमा उच्च गुणस्तरको अपाङ्गतामैत्री पैदल यात्रुमार्ग निर्माण हुनेछ । ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागु गरिने र महानगरभित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने उल्लेख छ ।

परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डिपिआर गरिनेछ भने ढुङ्गेधारा, इनार, पोखरीलगायतका पानीको स्रोतको संरक्षण गरिने बताइएको छ ।

दश हजार वर्गफिट वा १७ मिटरभन्दा अग्ला भवनको निर्माणमा महानगरमा सूचीकृत परामर्शदाता मध्येबाट तेस्रो पक्ष प्रमाणीकरणको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई सरोकारवालासँगको समन्वयमा भूमिगत गरिने उल्लेख छ ।

बुङमति र खोकनाको पुरानो बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने र अमूर्त सम्पदाको अध्ययन अनुसन्धानका आधारमा युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने छ ।

पर्यटकलाई लक्षित गरी बालकुमारीस्थित पर्यटकयि बसपार्क सञ्चालन गरिने र महानगर आउने पर्यटकलाई फर्कंदा यहाँ नै निर्मित हस्तकला चिनोका रूपमा दिइने कार्यक्रम अघि बढाइने प्रमुख महर्जनले बताउनुभयो । हस्तकलातर्फ महानगरपालिका वल्र्ड क्राफ्ट सिटीको सदस्य भइसकेकाले यहाँका स्थानीय हस्तकला विकास, प्रवद्र्धन र बजारीकरणमा जोड दिइनेछ ।

महानगरपालिकाले ‘उपमेयरसँग महिला तथा बालबालिका कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ । अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारका लागि सूचना, सेवा तथा टेवाका लागि सीपमूलक तालिम सञ्चालन हुनेछ । स्थानीयस्तरमा खेलकुदलाई प्रोत्साहन गर्न ए, बि र सी डिभिजन फुटबल टिमलाई प्रोत्साहनका कार्यक्रम समावेश गरिएको छ । रासस

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ०५ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६