युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने | Khabarhub Khabarhub

युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

युक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा फर्किन र ती स्थानबाट सैनिक कारबाही सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्ही हाइडाइले जनाएका छन् । सेभेरोडोनेत्स्कका करिब ९० प्रतिशत भवनहरू सैन्य कारवाहीमा क्षतिग्रस्त भएका पनि उनले बताएका छन् ।

गत सोमबार युक्रेनी उपरक्षा मन्त्री हन्ना मल्यारले रूसी सेनाले लुहान्स्क कब्जा गर्ने लक्ष्य राखेको बताएकी थिइन् । रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ले दुवै देशका नागरिक नराम्ररी प्रभावित भएका छन् । युद्धको प्रभाव क्रमशः विश्व अर्थतन्त्रमा पर्दै गएको छ । युरोपेली देशहरूमा ग्यास आपूर्ति अवरुद्ध भएको छ भने खाद्यान्नलगायत सामग्री आपूर्तिमा पनि अवरोध भएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ४५ बजे

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल