सन्धिखर्क खानेपानीको अध्यक्षमा रायमाझी निर्वाचित « Khabarhub

सन्धिखर्क खानेपानीको अध्यक्षमा रायमाझी निर्वाचित


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा एमालेका नेता रामबहादुर रायमाझी निर्वाचित भएका छन् ।

शनिवार राति सम्पन्न निर्वाचनबाट राजेन्द्रकुमार कक्षपती श्रेष्ठलाई २४९ मतले हराउँदै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबारबाट सुरु भएको अधिवेशनमा उद्घाटन सत्र जारी रहँदै जिल्लामा क्रियाशील ५ राजनीतिक दलले पदाधिकारी तथा सदस्य बाँडफाँड गरेपछि असन्तुष्ट भई श्रेष्ठ स्वतन्त्र उठेका थिए । तर, दलीय प्यानलले जित हात पारेको हो ।

१८ सय मतदाता रहेको खानेपानी समितिमा ६०० अर्थात् एक तिहाइ मत मात्र खसेको थियो । खसेको मतमध्ये अध्यक्षका लागि ५६५ मत सदर भएकोमा रायमाझीले ४०७ मत प्राप्त गरेका हुन् । श्रेष्ठले १५८ मत प्राप्त गरेका छन् ।

सहसचिव एमालेकी बसन्ता सन्दिप पौडेलले ३८९ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी नेतृ सुमित्रा मुखियाले १५२ मत प्राप्त गरेकी छन् । खुल्ला सदस्य, महिला सदस्य तथा लेखा समिति संयोजकमा समेत दलीय उम्मेदवार निर्वाचित भए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ५३ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने