इतिहासमा आज : अमेरिकाका आठौँ राष्ट्रपतिको निधनदेखि सोभियत सहर कब्जासम्म « Khabarhub

इतिहासमा आज : अमेरिकाका आठौँ राष्ट्रपतिको निधनदेखि सोभियत सहर कब्जासम्म


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन ८ गते आइतबार । सन् २०२२ को जुलाई २४ तारिख । यस्ता छन् विश्व इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम :

सन् २०१३ जुलाई २४ मा स्पेनको राजधानी म्याड्रिडबाट फेररोल जाँदै गरेको तीव्र गतिको ट्रेन एक मोडमा पटरीबाट झर्दा ७९ मानिसको मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।

सन् १९७४ जुलाई २४ मा सर्वोच्च अदालतले राष्ट्रपति रिचार्ड निक्सनले वाटरगेट टेपहरु हस्तान्तरण गर्नुपर्ने फैसला सुनाएको थियो ।

सन् १९५० जुलाई २४ मा संयुक्त राज्य अमेरिका पाँचौँ वायु सेना जापानबाट कोरियामा स्थानान्तरण भएका थिए ।

सन् १९४२ जुलाई २४ मा दोस्रो विश्वयुद्धका समयमा जर्मन सेनाले सोभियत संघको रोस्तोभको सोभियत सहर कब्जा गरेका थिए ।

सन् १९२३ जुलाई २४ मा टर्की र प्रथम विश्वयुद्धका साझेदार शक्तिहरु गठन गर्ने देशहरुबीच लुजान सन्धिमा हस्ताक्षर भएको थियो । सन्धिअन्तर्गत टर्कीले ओटोमन साम्राज्यको सबै भौगोलिक दाबीहरू त्याग्न र नयाँ सिमानाहरूमा सहमत हुनुपर्ने व्यवस्था थियो ।

सन् १८९७ जुलाई २४  मा मोन्टानाको मिसौलाबाट निस्केको २५औँ इन्फेन्ट्रि बाइसाइकल कोर्पस्का अफ्रिकन–अमेरिकन सेना मिसौरीको सेन्ट लुइस पुगेको थियो । सेनाले ४० दिनको बाइक यात्रा सकाएर सेन्ट लुइस पुगेको थियो ।

सन् १८६२ जुलाई २४ मा संयुक्त राज्य अमेरिकाका आठौँ राष्ट्रपति मार्टिन भ्यान बुरेनको ७९ वर्षको उमेरमा निधन भएको थियो ।

सन् १८४८ जुलाई २४ मा लेटर डे सेन्ट्स मोर्मन्सको चर्च अफ जीसस क्राइस्टका पहिलो सदस्यहरु वर्तमान साल्ट लेक सिटीमा बसोबास गर्दै यूटा पुगेका थिए ।

सन् १७९१ जुलाई २४ मा रोब्सपियरले फ्रान्सेली क्रान्तिको सिद्धान्तको विरोध गर्ने सबै ज्याकोपबनहरुलाई निष्कासन गरे।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०६ बजे

पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्…

काठमाडौं – सामाजिक सञ्जालका ‘मिम’ (जोक्स) पेजहरूमा अहिले एउटा पोस्ट

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ– प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका