साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण | Khabarhub Khabarhub

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे ।

विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मेका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो । सर्वजा (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तनगर (खण्डकाव्य), ढाडेको नाकमा घिउ (निवन्ध सङ्ग्रह)लगायतका दर्जनौँ साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यमा गुन लगाएको साहित्यकार मिश्र बैजयन्ती बताउँछन् ।

विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक थिए । पञ्चायती शासनको विरोधमा उनले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकामा लेख रचना छपाएका थिए । प्रा डा न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पुर्‍याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताउँदै उनको स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा राखे ।

सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उनका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि रु १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ४२ बजे

केही काम देखाउन नसकेपछि सरकारले अध्यादेशको सहारा लियो : राजेन्द्र पाण्डे

काठमाडौं– प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले

राजेन्द्र लिङ्देनको खबरदारी- अध्यादेशबाट देश चलाउन सत्ताको दुरुपयोग नगरियोस्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुईतिहाइ नजिक बहुमत

अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाकै मृत्यु

अर्लिङ्टन– आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा

सामाजिक सञ्जाल विधेयकले नागरिकलाई आतंकित पार्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी

भूमिसम्बन्धी अध्यादेश र सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानले नचिनेको