नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्छ : लीलामणि पौडेल « Khabarhub

नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्छ : लीलामणि पौडेल


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व मुख्यसचिव लीलामणि पौडेलले नागरिकता विधेयक संसदीय समितिमा नपठाई संसदबाट पारित गरिएकोमा आपत्ति जनाएका छन् ।

‘२ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु र समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक छ।’ उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्।

पौडेलले यो विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने बताएका छन् । ‘विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् ! विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखित रुपमै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराऊ सरकार !’ उनले भनेका छन् ।

चीनका लागि पूर्व नेपाली राजदूतसमेत रहेका पौडेलले दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्ति भन्नेहरुलेसमेत नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको