महानगरका मेयरहरूको सम्मेलन पोखरामा | Khabarhub Khabarhub

महानगरका मेयरहरूको सम्मेलन पोखरामा


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा नेपालका महानगरपालिकाका मेयरहरूको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।

महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भए पनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।

यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको सञ्चालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन । यसपालि पनि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । ‘धेरै चुनौती छन् । ती चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,’ आचार्यले भने, ‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो । यसपछि निरन्तर बैठक हुनेछ ।’

आचार्यले १ महिनाअघि देखि मेयर सम्मेलनको लागि निम्तो गरेका थिए । सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्य योजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : ५१ बजे

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न  कलात्मक सामग्री निर्माणमा

‘कुनै बेला गोल्ड स्टार लाउने गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्राण्ड भयो’

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ

लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ

झापा– खुला सीमाका कारण झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी

वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि

काठमाडौं- शनिबार मात्रै सकिएको नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी