भीम रावलको प्रश्न : सरकार कहाँ छ, देशमा छ कि अन्त कतै ? « Khabarhub

भीम रावलको प्रश्न : सरकार कहाँ छ, देशमा छ कि अन्त कतै ?


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसद्ले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।

एसपीपीबारे संसद् र संसदीय समितिको निर्देशनलाई सरकारले सुने पनि नसुनेझैँ गरेको उनको भनाइ छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे। त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए।

त्यस्तै विशेष समयमा कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै उनले कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा यसको नियन्त्रणमा ध्यान दिनुपर्ने धारणा राखिन्।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ३ : १८ बजे

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री