छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु   « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँके, कैलाली, झापा र सिराहामा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० राझामा ग.९ प १६६० नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने १९ वर्षीय खेमराज शाही र स्कुटरमा सवार १६ वर्षीय दिनेश राना मगर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा रोकी राखेको बा.२१ च २९०३ नम्बरको बलेरो जिपमा क.१ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जुम्ला तातोपानी गाउँपालिका–१ बस्ने २५ वर्षीय अक्कल कठायतको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

झापाको कमल गाउँपालिका–१ पुतली चोकस्थित सडकमा प्र.१–०१–०१३ प ४३४२ नम्बरको स्कुटरको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया मनमाया बास्कोटा रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको मक अस्पताल एण्ड रिसर्च सेन्टर दमकमा उपचार भइरहेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित सडकमा प्र.२–०१–००१ च. ०३२७ नम्बरको पिकअपको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब १४ वर्षीया बालिका रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको फुलकुमारी मेमोरील अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ४२ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा