अनुशासित, मर्यादित र उत्तरदायी सेवा प्रवाह गर्न मन्त्री चौधरीको निर्देशन « Khabarhub

अनुशासित, मर्यादित र उत्तरदायी सेवा प्रवाह गर्न मन्त्री चौधरीको निर्देशन


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान पोखरा शाखाको आज अनुगमनपछि कर्मचारीहरुसँगको छलफल कार्यक्रममा उनले अनुशासित, मर्यादित र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री चौधरीले पर्यटकीय सहर पोखरामा आपूर्ति हुने पानी शुद्ध हुनुपर्ने बताए। उनले भने, ‘जापान अन्तर्राष्ट्रिय सहयोग निकोगले निर्माण गरिरहेको पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले ८५ प्रतिशत सकिएको छ । यस आयोजना सम्पन्न भएपछि पर्यटकीय सहर पोखराको पानी शुद्ध, स्वच्छ र सफा हुनुपर्दछ ।’

मन्त्री चौधरीले उपभोक्ता समितिहरुले महङ्गो शुल्क लिएर धारा जडानका लागि सिफारिस गर्ने गरेको पाइएको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । खानेपानी नैसर्गिक अधिकार भएकाले सरकारले सबै घरधुरीलाई ‘एक घर एक धारा’को अवधारणाअनुसार काम अघि बढाएको बताए । छिट्टै खानेपानी तथा सरसफाइ ऐन पारित हुने तयारीमा रहेको जानकारी दिँदै उनले संस्थानको कर्मचारी सेवा सर्त विनियमावली छिट्टै उपलब्ध गराउन मन्त्रालय लागिपरेको उल्लेख गरे ।

संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले सबै कर्मचारी मिलेर संस्थान बचाउन सक्नुपर्ने बताउँदै पोखरा शाखा संस्थानकै नमूना शाखा बन्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीले संस्थानको आर्थिक, पानी वितरण प्रणाली, नयाँ योजना, मुहान र उपभोक्तासहितको विवरणबारे जानकारी गराए । नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीमाथि विभेद अन्त्य हुनुपर्ने धारणा राख्दै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई करार सेवामा लैजान व्यवस्थापन समग्र आग्रह गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : १८ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने