स्वास्थ्यका लागि घातक हुन्छन् नसर्ने रोग | Khabarhub Khabarhub

स्वास्थ्यका लागि घातक हुन्छन् नसर्ने रोग

नेपालमा ७५ प्रतिशत मानिसको नसर्ने रोगकै कारण मृत्यु



एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगलाई नेपालमा सामान्य रुपमा लिइन्छ । पछिल्लो समय भने नसर्ने रोगबाट पनि मानिस उत्तिकै संक्रमित भइरहेका छन् । कोरोना भाइरस लगायतका सरुवा रोगबाट जोगिन नेपालीले लामो समयदेखि प्रयास गरे पनि नसर्ने रोगलाई भने त्यति महत्त्व दिएको पाइँदैन । नेपालमा नसर्ने रोग किन बढिरहेको छ ? यसबाट कसरी बच्ने लगायतका विषयमा केन्द्रित रहेर वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. लक्ष्मीप्रसाद शर्मासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

यो नसर्ने रोग भनेको कस्तो हो हामीले यसलाई कसरी बुझ्ने ?

नेपालमा अहिले नसर्ने रोगहरू धेरै बढेका छन् । यस्ता रोग विषेश गरी अस्वस्थकर  जीवनशैली वा जोखिमपूर्ण व्यवहार जस्तो सुर्तीजन्य वस्तुको सेवन, अस्वस्थकर खाना, मद्यपानको सेवन यिनीहरूले हाम्रो शरीरमा मोटोपन, उक्त रक्तचाप, रगतमा ग्लुकोजको मात्रा बढ्ने, कोलेस्ट्रोलको मात्रा बढ्ने लगायतका समस्या देखिए त्यसलाई नसर्ने रोग भन्ने गरिन्छ ।

नेपालमा यति धेरै नसर्ने रोग लाग्नुको कारण के होला ?

यो बढ्नुको कारण भनेको जोखिमपूर्ण व्यवहार, धूम्रपान मद्यपानको सेवन शारीरिक व्यायामको अभाव, योगको अभाव, अस्वस्थकर खाना खाने गर्दा हो । अहिले विश्वको ग्लोबलाइजेशन, सूचना प्रविधिको बढी विकास, सामाजिक रूपमा काम गर्न हिच्किच्याउने अवस्थाले गर्दा यो समस्या बढेको छ ।

युवापुस्तामा पनि यो रोग बढ्नुको कारण के हो ?

व्यवहारमा पनि २० देखि २२ वर्षका व्यक्तिलाई पनि यो उक्त रक्तचाप, मोटोपन लगायतका समस्या बढेका छन् । युवा पुस्तामा अहिले धेरै छ। पहिले यो ४० देखि ५० कटेपछि हुन्छ भनिन्थ्यो । युवा पुस्तामा धूम्रपान, मद्यपानको सेवन र शारीरिक व्यायामको कमीले गर्दा पनि यो रोग देखिएको छ ।

भान्सालाई हामी पहिलो अस्पतालको रूपमा लिन्छौँ तर अहिले त्यो बन्द जस्तै छ मानिसहरू बढी बाहिरको खाना खाने बढी शहरकेन्द्रित भएर ग्लोबलाइजेसन भएर धेरै टेबुल वर्क गर्ने हुनाले पनि युवाहरूमा यो रोग धेरै बढेको छ ।

कस्तो खाना चाहिँ हामीले खानैपर्ने हुन्छ ?

हाम्रो भान्सा पहिला अस्पताल भएकाले यो सही भयो भने धेरै रोगहरूबाट बचाउँछ । स्वास्थ्यकर खाना खाने, नुन, चिनी र चामलको क्यालोरीको मात्रा घटाउने, चिल्लो कम खाने र पानी धेरै खाने गर्दा पनि यो समस्या हट्छ ।

यस्ता रोग लागेपछि कस्तो खाना नखाने ?

नसर्ने रोग भन्नेबित्तिकै नआत्ती सुरुबाट नै रोग पत्ता लगाएर हामीले जटिलताबाट बच्न सकिन्छ । हामीले खाना खाँदा पेटलाई आमाशयलाई ४ भागमा बाँडेर दुई भाग खानेकुरा खाने, एक भाग पानीले भर्ने बाँकी वायुका लागि छोड्ने गरेर मिलाएर सन्तुलित भोजन गर्ने गर्नुपर्छ ।

यो रोग अहिले मध्यम र न्यून आय भएका वर्गमा धेरै देखिएको भनिन्छ, यसमा कतिको सत्यता छ ?

यो सबै वर्गमा हुन्छ । जीवनशैलीको र खानपानको आधारमा हुने भएकोले सबै मानिसहरूमा यो रोग लागेको छ ।

यो रोगको व्यवस्थापन कसरी गर्ने ?

सबैभन्दा पहिला त आयुर्वेदिक चिकित्सा अनुसार यस्ता रोगका दुईवटा अवस्था हुन्छन् । एउटा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र अर्को रोग लागेपछि रोग लाग्न नदिनू । आयुर्वेदिक चिकित्सा अनुसार अहिले ८० प्रतिशत भाग स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नुलाई विशेष ध्यान दिइएको छ । जसका कारण नसर्ने रोगको व्यवस्थापनमा जोड पुगेको छ ।

यस्ता रोगबाट बच्नका लागि हामीले मदिरा सेवन गर्नुहुँदैन । साथै शारीरिक रूपमा सक्रिय रहन प्रयास गर्नुपर्छ । यस्तै नुन र चिनीको मात्रा कम गर्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने गर्नुपर्छ । साथै फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

यति गर्न सकियो भने हामीले तौल नियन्त्रण गर्न सक्छौँ । हाम्रो शरीरको हाइट र उचाइका आधारमा यो नियन्त्रण गर्न सक्छौँ । स्वास्थ्यकर आहारविहार गरेर यसलाई हटाउन सक्छौँ । रक्सीजन्य पदार्थ र धुम्रपानको सेवन कम गरेर यसको व्यवस्थापन गर्न सक्छौँ । त्यतिले मात्र भएन भने विभिन्न औषधि र चिकित्सकको परामर्शबाट यी नसर्ने रोगहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।

के सन्देश दिन चाहनुहुन्छ ?

अहिले विश्वमा डब्ल्यूएचओ र नेपालको स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान पश्चात् नेपालमा पनि ७० देखि ७५ प्रतिशत मानिसहरूको नसर्ने रोगको कारणले मृत्यु भएको छ । यो अहिले जनस्वास्थ्यको मुख्य समस्याका रूपमा रहेको छ ।

प्रस्तुति: पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ०१ बजे

ओटीटीमा ‘चपली हाइट ३’

काठमाडौं– नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी

अत्तरिया– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई

अर्थसंक्षेप : १६औँ पञ्चवर्षीय योजना सार्वजनिकदेखि गृहमन्त्रीसमक्ष इप्पानको सुरक्षा मागसम्म

काठमाडौं– बुधबार राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५÷८६ सम्म मुलुकको

सन्दीपको निलम्बन फुकुवा, विश्वकपमा जाने बाटो खुल्यो

  काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन

पाल्पामा बलेरो जिप दुर्घटना 

तानसेन– पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट पाल्पा