महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै « Khabarhub

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै


८ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्ने भएको छ।

२९ भदौं भित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक बुधबार पनि बस्ने भएको हो। बैठक बुधबार दिउँसो २ बजे बस्नेछ।

मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नुपर्ने छ।

समितिले २९ भदौं भित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ। जसमा बुधबारको बैठकमा थप छलफल हुनेछ।

१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो। सो सिफारिस समितिले राणाका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ६ : ३९ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको