रोजगारीका लागि साउदी पुगेका एक नेपाली बेपत्ता  « Khabarhub

रोजगारीका लागि साउदी पुगेका एक नेपाली बेपत्ता 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवक बेपत्ता भएका छन् ।

२८ नोभेम्बर २००६ मा साउदी पुगेका साबिक लखनपुर गाबिस वडा नं-१ झापाका तेजप्रसाद अर्याल बेपत्ता भएका हुन् ।

साउदी अरबमा रहेको नासिर अल ह्यडेर भन्ने कम्पनीमा आएका अर्याल (राहदानी नं. ३१६६४४९) हालसम्म नेपाल नफर्केको र परिवारसँग पनि सम्पर्कमा नआएको भन्ने जानकारी भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले उनी कार्यरत कम्पनीमा सम्पर्क गरी बुझ्दा करार अवधि समाप्त भएपछि नियमानुसार बहिर्गमन भिसा र हवाई टिकटको व्यवस्था गरी नेपाल पठाएको जवाफ दिएको दूतावासले जनाएको छ ।

उनको घर परिवारले जानकारी गराए अनुसार निज तेजप्रसादलाई सँगै कम्पनीमा काम गर्ने पोखराका सोम नेपाली (चालक)ले एयरपोर्टसम्म पुर्‍याएको भन्ने बुझिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनको बारेमा थप खोजीनिती गर्न साउदी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार समेत गरिएको थियो । साउदी निकायबाट प्राप्त जानकारी अनुसार उनले बहिर्गमन भिसा लगाएको भए पनि साउदी अरब छोडेको नदेखिएको भन्ने जवाफ आएको दूतावासले जनाएको छ ।

उनलाई देख्ने, भेट्ने जोकोहीलाई तुरुन्त नेपाली दूतावासको टेलिफोन नम्बर ०११२८८३७९५ मा सम्पर्क गरी जानकारी गराउन साउदीमा कार्यरत नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

साथै अर्याललाई समेत तुरुन्त आफ्नो परिबार, आफन्त वा दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ३४ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत