सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते « Khabarhub

सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसुरीको रामधुनि नगरपालिका–२ मा म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक रामधुनि नगरपालिका–१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडि सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन् ।

घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १–०२–०४८ प २९५३ नम्बरको स्कुटर हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए ।

दुवै सवारी साधन सहित भ्यान चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : ५५ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब