लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु « Khabarhub

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।

खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति यम बरालका अनुसार अभियानमा जिल्लाभरका ५ वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार ३३९ जनालाई फाइजर खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेको छ । १२ गते सम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि जिल्लामा १९ हजार ७ सय मात्रा खोप आएको खोप अधिकृत बरालले बताए।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : १८ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब