कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्यालाई आधार मानेर सिट बाँडफाँट गर्न सकिँदैन : महासचिव गुरुङ  « Khabarhub

कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्यालाई आधार मानेर सिट बाँडफाँट गर्न सकिँदैन : महासचिव गुरुङ 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपाेर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले दलका शीर्ष नेताहरूबीच यसै विषयमा छलफल भइरहेको बताए ।

कार्यक्रममा उनले पार्टीबाट निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया पहिलाको जस्तै हुने बताए । सुरुमा जिल्लाबाट प्रदेशमा दाबेदारको नाम सिफारिस हुन्छ र त्यसपछि प्रदेशबाट केन्द्रमा नाम सिफारिस हुन्छ । यही प्रक्रियाबाट आएका मात्रै उम्मेदवार बन्नेछन् । यसरी दाबेदार को नाम सिफारिस गर्दा बढीमा तीन जना केन्द्रमा सिफारिस हुनेछन् । सकेसम्म जिल्लाबाट एकै जनाको नाम सिफारिस गर्ने प्रयास हुनेछ । यद्यपि, प्रजातान्त्रिक पक्रिया पनि मानिन्छ ।

उनले पार्टीका ‘ह्याभी वेट’ हरूसँगको प्रतिस्पर्धामा आउनेहरूबीच आपसी सहमतिका लागि प्रयास पनि गरिने बताए । यसमा नेताहरूले सहजै मिलाउने विश्वास लिएको उनको भनाइ छ ।

उनले सत्ता साझेदार गठबन्धनसँगै निर्वाचनमा पनि गठबन्धन हुने दोहोर्‍याए । तर, कसरी सिट विभाजन हुने भने टुङ्गो नलागेको बताए । तर, कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्याको आधारमा सिट विभाजन गर्न नमिल्ने  बताए । उनले भने, ‘अहिलेको परिस्थिति नै अर्कै छ । यसका लागि भिन्न मापदण्ड बनाउनु पर्छ । हामी मापदण्ड बनाऊ भनिरहेका छौँ । छलफल जारी छ १–२ दिनभित्रै टुङ्गिन्छ ।’

कार्यक्रममा उनले स्वतन्त्र विचार राखेर जोसुकै पनि निर्वाचनमा सहभागी हुन सक्ने बताए । प्रजातन्त्र दलगत विचारका साथै स्वतन्त्र विचारलाई पनि सम्मान गर्नुपर्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  २ : २३ बजे

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको